पैयुँटार हत्या प्रकरणः रेस्लर थापासहित चारजना पक्राउ

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वर- ६, पैयुँटारमा एक महिलाको हत्या घटनामा श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। रेस्लर नेपाली ब्रो भनेर चिनिने कुमार थापामगरले शुक्रबार साँझ श्रीमती ईश्वरी भुजेलको हत्या गरेको थियो। घटनालगत्तै कुमार पक्राउ परेका थिए। 

सो प्रकरणमा अनुसन्धानका लागि बिक्रम थापामगर, पूजन थापा क्षेत्री र प्रतीक्षा आचार्यलाई पनि पक्राउ गरिएको काठमाडौं परिसरका एसपी पवनकुमार भट्टराईले बताए। 
घरायसी झगडामा उनले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। जसमा अप्रत्यक्ष रूपमा परिवारका अन्य सदस्यको पनि संलग्नताको आशंकाका प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो ।

सो हत्या प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै मृतकका माइतीपक्ष तथा आफन्तले दबाब दिँदै आएका छन्। 

सुझावित समाचार