राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकको जिल्ला अधिवेशनबाट प्रवीणकुमार ढकाल पुनः जिल्ला अध्यक्षमा चयन भएका छन् । अधिवेशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
उपाध्यक्षमा पुन्यमाता घिमिरे चयन भएकी छिन् । यसैगरी, सचिवमा जी.एन. सापकोटा तथा सहसचिवमा प्रकाश तिमल्सिना चयन भएका छन् । सदस्यहरूमा नवराज बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलांगे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा चयन भएका छन् ।
नवनिर्वाचित जिल्ला कार्यसमितिमा अध्यक्षसहित १३ सदस्य रहेका छन् । सभापति, उपसभापति र सहसचिव निर्विरोध चयन भएका हुन् भने सचिवसहित खुला सदस्यहरूमा मतदान भएको हाे।
रास्वपाले देशभर जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाइरहेको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीसँगै विभिन्न जिल्लामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइरहेको छ।