पोर्चुगल एनआरएनएमा लामा नेतृत्वलाई मान्यता

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी)का विभिन्न समूहबिच जारी संस्थागत विवादले निकास पाएको छ । त्यहाँको सरकारी निकायले सुजन लामा नेतृत्वको समितिलाई आधिकारिकता दिएको छ ।

संस्थाका सचिव सुरज भण्डारीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सन् २०२५ अक्टोबरमा लामाको नेतृत्वमा रहेको एनआरएनए एनसिसी पोर्चुगलले पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आइआरएन)मा दर्ता तथा अद्यावधिकका लागि निवेदन दिएको थियो । उक्त निवेदनको प्रक्रिया पूरा गर्दै आइआरएनले लामा नेतृत्वको कार्यसमितिलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्दै प्रमाणपत्र प्रदान गरेको जनाइएको छ ।

सन् २००६ मा स्थापना भएको एनआरएनए पोर्चुगल पछिल्ला वर्षमा नेतृत्व विवादका कारण विभाजित हुँदै आएको थियो । सन् २०२३ देखि सुरु भएको आन्तरिक मतभेदका कारण हालसम्म तीनवटा समानान्तर कार्यसमिति सक्रिय थिए, जसले संस्थागत एकता र आधिकारिकताको विषयलाई जटिल बनाएको बताइएको थियो । 

सुझावित समाचार