जेन-जी आन्दोलनमा फरार एक कैदी पक्राउ

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

जबर्जस्ती करणी मुद्दामा अदालतबाट सात वर्ष कैद सजाय पाई कारागारमा कैद भुक्तान गरिरहेका तथा जेन-जी आन्दोलनका क्रममा फरार भएका एक कैदीलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार कास्की जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई ७ वर्ष कैद सजाय पाएका कास्की पोखरा महानगरपालिका–९, निवासी ५४ वर्षीय लक्ष्मण मगराती उर्फ कृष्णबहादुर सार्कीलाई पक्राउ गरिएको हो।

सार्की कारागार कार्यालय कास्कीमा कैद भुक्तान गरिरहेका वेला तत्कालीन सह–नाइके र मुढा नाइकेको जिम्मेवारीमा रहेका थिए। जेन-जी आन्दोलनका क्रममा उनी फरार भएका थिए। म्याग्दी प्रहरीको टोलीले उनलाई जेठ २२ गते राति करिब ९ बजे बेनी नगरपालिका–९, गलेश्वर क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

पक्राउ परेका सार्कीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि कारागार कार्यालय बेनी, म्याग्दी पठाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिए। 

See More On

सुझावित समाचार