ट्रिपिङको समस्या समाधान गर्न पूर्वका उद्योगीको माग

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगर क्षेत्रभित्र केही दिनयता दैनिक भइरहेको विद्युत् ट्रिपिङ र भोल्टेज फ्लक्च्युएसनको समस्या समाधान गर्न उद्योग संगठन मोरङले माग गरेको छ ।

विद्युत् ट्रिपिङ (आपूर्ति स्वत बन्द हुने) र भोल्टेज फ्लक्च्युएसन (उतारचढाव) समस्याले सुनसरी–मोरङ औद्योगिक करिडोर तथा विराटनगर महानगरभित्रका उद्योग–व्यवसायमा गम्भीर समस्या आएको भन्दै व्यवसायीले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

बिहीबार ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक तथा नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालयलाई बिहीबार पत्राचार गर्दै समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । 

औद्योगिक क्षेत्रमा हाल दैनिक १० देखि १२ पटकभन्दा बढी विद्युत् ट्रिपिङ हुने गरेको र त्यसले उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुर्याइरहेको उनको भनाइ छ । बारम्बारको विद्युत् अवरोधका कारण उद्योगका मेसिन तथा उपकरणमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने तथा उत्पादनकार्य नै अवरुद्ध हुँदा श्रमिक निष्क्रिय बस्नुपर्ने अवस्था सिर्जना हुन थालेको छ ।

See More On

सुझावित समाचार