बागचौर नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन्। संघीय सरकारले दुई दिन सार्वजनिक बिदा दिए पनि सल्यानको बागचौर नगरपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
दुई दिनको बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने र आमअभिभावकको जनगुनासोलाई सम्बोधन गर्दै नगरपालिकाको बैठकको निर्णयबमोजिम पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतले जानकारी दिए।
यसअघि कपुरकोट गाउँपालिकाले पनि आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरी नियमित विद्यालय सञ्चालन गर्दै आइरहेको छ।