परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

परराष्ट्रमन्त्री शिशिर खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाने भएका छन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीको वार्तामा परराष्ट्रमन्त्री खनालको भ्रमणबारे चर्चा भएको थियो ।

कूटनीतिक स्रोतले परराष्ट्रमन्त्रीको भ्रमण तय भएको पुष्टि गरेको छ । यसअघि बिग क्याट एलाइन्सको कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहे पनि उक्त कार्यक्रम रद्द भएसँगै भ्रमण टरेको थियो ।

सहमहामन्त्री विपिन आचार्यका अनुसार भारतीय प्रधानमन्त्री मोदीले हरेक दुई महिनामा नेपाल र भारतका २०–२५ जना नेताको समूहबिच भेटवार्ता र सघन छलफल गर्ने वातावरण बनाउन प्रस्ताव गरेका थिए । यसलाई सभापति लामिछानेले समर्थन गरेका थिए ।

सुझावित समाचार