साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा अहिले नेपाल र बंगलादेशबिचको खेल जारी छ। बुधबार गोवाको नेहरू रंगशालामा पहिलो हाफ सकिँदा दुवै टोलीले समान एक गोल गरेका छन्।
नेपालको लागि गीता राना र बंगलादेशको लागि रितु पूर्णा चक्माले समान एक गोल गरेका हुन्। २३औँ मिनेटमा गीताले नेपाललाई अग्रता दिलाएकी थिइन्।
बंगलादेशका गोलकिपर र डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई गीताले बक्सभित्रबाट सुन्दर गोल गरेकी हुन्। प्रतियोगितामा उनको यो दोस्रो गोल हो। यसअघि उनले भुटानविरुद्ध निर्णायक गोल गरेकी थिइन्।
पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले बराबरी गोल फर्कायो। रितुले कर्नरमै सिधै गोल गर्न सफल भइन्।
आजको खेलमा प्रीति राईले कमब्याक गरेकी छिन्। उनी अघिल्लो दुई खेल क्रममा कम्बोडिया नै दिइन्।
नेपालले समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै सेमिफाइनल पक्का गरेको थियो।