कारागारभित्र कैदीबन्दीको शंकास्पद मृत्यु

मुलुकभरका ७४ कारागारमा अहिले २६ हजार ८४३ कैदीबन्दी छन्, जहाँ मासिक सरदर ५ जनाको मृत्यु हुन्छ

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

मुलुकभरका ७४ कारागारमा अहिले २६ हजार ८४३ कैदीबन्दी छन् । कारागारभित्र मासिक नै सरदर पाँचजनाको मृत्यु हुन्छ । केही मृत्यु भने विवादित बन्न पुग्छ, जसलाई गुपचुपमै राखिन्छ । त्यसमध्ये केही मात्रै सतहमा आउँछन् ।

इन्सेकको तथ्यांकअनुसार कारागारभित्र पाँच वर्षमा २७५ कैदीबन्दीको ज्यान गएको छ । जसले वर्षमा सरदर ५५ को मृत्यु हुने गरेको देखाउँछ । कारागारभित्रको मृत्युमा पनि सीमान्तकृत समुदायबाट नै बढी पीडित रहेको इन्सेकको तथ्यांकले देखाउँछ ।

इन्सेकका सूचना अधिकारी गौतमले भने, ‘जेलभित्र पनि शंकास्पद मृत्यु हुने गरेका छन् । हाम्रो तथ्यांकअनुसार पाँच वर्षमा मुलुकभरका कारागारमा २७५ मृत्युका शंकास्पद घटना देखिएका छन् । यी घटनामा अधिकांश पीडित सीमान्तकृत समुदायबाटै रहेको देखिन्छ ।’

सुझावित समाचार