प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेपछि मंगलबारको बैठक स्थगित भएको छ । बैठक आगामी २५ गतेसम्मलाई स्थगित भएको सभामुखले जानकारी दिएका छन् ।
निरन्तर संसद् अवरुद्ध भएपछि आजका लागि तय भएका दुईवटा कार्यसूचीमा रहका दुईवटा कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी दिँदै सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।