‘लज्जावती’को इन्डक्ल्याप गर्दै साउन २९ गतेलाई प्रदर्शन मिति घोषणा

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

राजबहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लज्जावती’को इन्डक्ल्याप गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । गत साता धर्मस्थलीस्थित एक घरमा सुटिङ गर्दै ४५ दिनमा सिनेमाको इन्डक्ल्याप गरिएको हो ।

यो सिनेमाकाे सम्पूर्ण छायांकन सकिएसँगै आगामी साउन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ । यो मितिमा अहिलेसम्म कुनै पनि नेपाली सिनेमाले आधिकारीक रूपमा आफ्‌नो प्रदर्शन मिति घोषणा गरिसकेका छैनन् । त्यसैले हालसम्म यो मितिमा सोलो रिलिजको अवसर मिल्ने बुझाई निर्माण टिमको छ ।

आहा फिल्मसकाे ब्यानरमा सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ । सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा, काजल भुजेललगायतका कलाकारको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ। यो सिनेमालाई देशव्यापी कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

सुझावित समाचार