प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको प्रदर्शनमा काठमाडौंको माइतीघरमा विभिन्न दल, तीन भ्रातृ संगठन र समूहले प्रदर्शन गरेका छन्। नेकपा (एमाले), कांग्रेसनिकट भ्रातृ संगठन तरुण दल, संयुक्त विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै भारतले मात्र नभई नेपालले पनि भारतको सीमा मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उनको सो अभिव्यक्तिको आलोचना भइरहेको छ। सडकमा प्रदर्शनसमेत भएका छन्।
हेर्नुहोस् विरोध प्रदर्शनका तस्बिरहरू






