मुगुको पश्चिम खत्याड गाउँपालिका–५, थानेमा चट्याङ लागेर चर्दै गरेका एक हल गोरु र दुई भैँसी मरेका छन्। आइतबार दिउँसो करिब ३ बजेको समयमा थानेस्थित बाँझो खेतमा चरिरहेको अवस्थामा परेको चट्याङबाट दुईवटा भैँसी र एक हल गोरु मरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार ठुलो पानीसँगै चट्याङ पर्दा खत्याड–५ का कासी बुढाको एउटा गर्भवती भैँसी र एक हल गोरु तथा धनबहादुर बुढाको एउटा भैँसी मरेको हो।
घटनास्थल प्रहरी चौकी श्रीकोटदेखि करिब तीन घण्टाको पैदल दूरीमा दक्षिणतर्फ रहेको छ। चट्याङबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।