निगालचुलाबाट तीन थान अवैध भरुवा बन्दुक बरामद

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

सल्यान प्रहरीले निगालचुलाको एक सामुदायिक वनबाट तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको छ। बनगाड कुपिण्डे नगरपालिका– १२, निगालचुलास्थित बस्नेयुरा सामुदायिक वनबाट अवैध बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सामुदायिक वनमा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा तीन नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

गत बिहीबार पनि प्रहरीले निगालचुलाकै शिवगुफा सामुदायिक वनमा लुकाई रोखेको तीन नाल भरुवा बन्दुक बरामद गरेको थियो।

सुझावित समाचार