श्रीलंकाविरुद्ध चार खेलाडी परिवर्तन, मीनालाई अग्रपंक्तिको जिम्मेवारी

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

नेपालले साफ महिला च्याम्पियनसिपको दोस्रो खेलमा आज आइतबार श्रीलंकाको सामना गर्दै छ। भारतको गोवामा हुने खेलअघि प्रशिक्षक नवीन न्यौपानेले नेपालको पहिलो ११ सार्वजनिक गरेका छन्।

प्रशिक्षक न्यौपानेले पहिलो खेलमा भुटानविरुद्ध खेलेका चार खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडीलाई अवसर दिएका छन्। उनले गोलकिपर तथा कप्तान अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अनिता बस्नेत र अनिता लम्जेललाई बाहिर राखेका छन्।

मीना देउवा, प्रतिक्षा चौधरी, सरू लिम्बू र गोलकिपर अञ्जना राना मगरले अवसर पाएका छन्। कप्तानी जिम्मेवारी मिडफिल्डर रेनुका नगरकोटेले पाएकी छिन्। 

यस्तो नेपाली टिम :
गोलकिपर : अञ्जना रानामगर
डिफेन्डर : गीता राना, हीराकुमारी भुजेल, विमला विक, प्रतीक्षा चौधरी
मिडफिल्डर : रेनुका नगरकोटे (कप्तान), दीपा शाही, सरू लिम्बू
स्ट्राइकर : रेखा पौडेल, रश्मीकुमारी घिसिङ र मिना देउवा

सुझावित समाचार