दुई दर्जनभन्दा बढीलाई एभरेस्ट टुरिजम सम्मान

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण

पूर्वराष्ट्रपति रामवरण यादवले विश्व एकजुट भएर हिमाल बचाउनुपर्ने बताएका छन् । ‘एभरेस्ट टुरिजम अवार्ड’ वितरण कार्यक्रममा उनले जलवायु परिवर्तन र हिमाल संरक्षणमा विश्व समुदाय एकजुट भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सो अवसरमा यादवले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ५१ हजार १५१ रुपैयाँ राशिको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरे ।

कार्यक्रममा सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै पप्पू यादव (राजेश रञ्जन) लाई पिस हिरो अवार्ड प्रदान गरियो । एभरेस्ट टुरिजम सम्मानबाट यज्ञप्रसाद गौतम, सुनारबहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्यान्ड), बुद्धिनारायण श्रेष्ठ र जोआओ गार्सिया (पोर्चुगल) सम्मानित भएका छन् ।

साथै, ‘साहसिक पर्यटन उत्कृष्टता अवार्डबाट (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद (साउदी अरब), निकोल कोवाल्चुक (रूस), पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली (बेलायत), जो हार्भे (अस्ट्रेलिया), किशोर शाही (क्यानियोनिङ), आङछिरिङ शेर्पा, सानोबाबु सुनुवार (प्याराग्लाइडिङ)लाई सम्मान गरिएको छ । 

See More On

सुझावित समाचार