कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाएर राखिएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका सबै नेपाली नागरिक सुनौली नाका हुँदै स्वदेश फर्किएका छन्।

भारतीय प्रहरीसँगको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली गए राति कुशीनगर पुगेको थियो। संयुक्त सुरक्षा अभियान सञ्चालन गरी त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार गरिएको हो।

रुपन्देही प्रहरीका अनुसार विभिन्न रोजगारी तथा अन्य आकर्षक प्रलोभन देखाएर नेपाली नागरिकलाई भारत पुर्याइएको थियो। त्यसपछि उनीहरूलाई कुशीनगर क्षेत्रमा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उद्धार गरिएका नागरिकको अवस्था, उनीहरूलाई भारत पुर्याउने समूह तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी सबैलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको प्रहरीले जानकारी दिएको छ।

सुझावित समाचार