पूर्व–पश्चिम राजमार्गलाई ३७ अर्ब ४६ करोड बजेट

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले पूर्व–पश्चिम राजमार्ग एक्लैलाई ३७ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

यस्तै, तराई मधेश द्रुत मार्गलाई १७ अर्ब ६४ करोड, हुलाकी राजमार्गलाई चार अर्ब ६५ करोड र कर्णाली राजमार्गलाई एक अर्ब बजेट विनियोजन गरिएको छ। 

यस्तै, पुष्पलाल राजमार्गका लागि दुई अर्ब १६ करोड, मदन भण्डारी एक अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ।

सुझावित समाचार