हिमालयन बैंक र युनियन पेबिचको सहकार्यमा आरएम वि कार्ड सेवा शुभारम्भ

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

हिमालयन बैंकसँगको सहकार्यमा एक बैंकले नेपालमा पहिलोपटक आरएम वि कार्ड सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार यस सेवाले नेपाली ग्राहकलाई चीन भ्रमणका क्रममा सहज, सुरक्षित तथा सुलभ डिजिटल भुक्तानी सुविधा उपलब्ध गराउनेछ।

बैंकले जारी गरेको जानकारीअनुसार उक्त कार्ड प्रयोगकर्ताले चीनमा रहेका एटिम, पोस, क्युआर कोड तथा इ–कमर्स प्लाटफर्ममार्फत चिनियाँ मुद्रा सिएनवाईमा नै प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन्।

यसले अन्य भुक्तानी माध्यमको तुलनामा कम लागतमा तथा व्यापक रूपमा स्वीकार्य सुविधा प्रदान गर्ने बैंकको दाबी छ।

सुझावित समाचार