राष्ट्रिय एआई ह्याकाथन हुने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र स्थानीय नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना हुने भएको छ । नेपालको प्रविधि बजारमा परिचित प्रविधि कम्पनी कोडेदृष्टि सफ्टवेयर प्रालिले राष्ट्रियस्तरको प्रतिस्पर्धा आयोजना गर्न लागेको हो ।

कार्यक्रम २३–२४ जेठमा ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीको परिसरमा सञ्चालन हुने बताइएको छ । ३२ घण्टासम्म निरन्तर चल्ने उक्त ह्याकाथनमा देशभरका विकासकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा प्रविधि उद्यमी एउटै थलोमा भेला हुनेछन् । उनीहरूले वास्तविक संसारका जटिल समस्याको एआई प्रविधिमार्फत उच्च प्रभावकारी समाधान खोज्न प्रतिस्पर्धा गर्नेछन् ।

See More On

सुझावित समाचार