नेपाल ‘ए’लाई गल्फ उपाधि

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपालको ‘ए’ टोलीले १२औँ नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक हात पारेको छ । साबिक विजेता सदभाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३ अन्डर २७५ को उत्कृष्ट स्कोरमा भारतको तरुण सरदेसाई एकेडेमीलाई १९ स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेको हो ।

गत संस्करणमा पनि राष्ट्रिय टिमका सदस्य सदभाव र राहुलले स्वर्ण जितेका थिए । भारतका प्रिन्स बैंन्सला र भिभान उभायाकारको जोडीले समग्रमा ६ ओभर २९४ को स्कोर गर्दै दोस्रो स्थान रक्षा गरे । प्रतियोगितामा श्रीलंका तेस्रो भयो ।

श्रीलंकाका के दानुसा र चनाका परेराको जोडीले ८ ओभर २९६ स्कोर गरेका थिए । यसैगरी, पुरुष व्यक्तिगततर्फ नेपालका सदभाव आचार्यले उत्कृष्ट प्रदर्शन गरे । उनले बोगी फ्री ६ अन्डर ६६ को कार्ड बनाउँदै समग्रमा ९ अन्डर १३५ स्कोरमा शीर्ष स्थान बलियो बनाए । उनले नेपालका राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्दै उपाधि होडलाई समेत बलियो बनाएका छन् । 

सदभावले फ्रन्ट र ब्याकमा समान ३ अन्डर ३३ स्कोर गरेका थिए । उनले पहिलो, तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गरे । यसपछि १२औँ, १५औँ र १८औँ होलमा पनि उनले समान एक सट बचाए । दोस्रो स्थानमा रहेका राहुलले समग्रमा ४ अन्डर १४० स्कोर गरेका छन् ।

उनले तेस्रो र सातौँ होलको बर्डीका साथ फ्रन्ट नाइन १ अन्डर ३५ स्कोर गरेका थिए । उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै बोगीरहित खेले । राहुलले चार बर्डीका साथ ब्याक नाइनमा ४ अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे । भारतका भिभान समग्रमा ३ अन्डर १४१ सहित तेस्रो स्थानमा छन् । 

See More On

सुझावित समाचार