मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
नमाज पढिसकेपछि एक–आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्छ । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । बकर इदका अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यस अवसरमा काठमाडौंको कास्मिरी मस्जिदमा मुस्लिम धर्मावलम्बीको भिड लागेको छ । हेर्नुहोस् केही तस्बिरहरू :








