जेठ १५ मा बजेट वाचन बहुउद्देश्यीय हलबाटै, प्रतिनिधिसभा हल तयार भएन

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाकाे हलबाट सदनमा पेस हुने भनिएकाे आगामी आर्थिक वर्ष ०८३/८४ काे बजेट हाल प्रतिनिधिसभा चलिरहेकाे निर्माणाधीन संघीय संसद् भवनकाे बहुउद्देश्यीय हलबाटै हुने भएकाे छ । 

प्रतिनिधिसभा हलकाे निर्माण सम्पन्न नभएकाले अहिले सञ्चालन भइरहेकै बहुउद्देश्यीय हलबाट बजेट वाचन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । 

सभामुख डिपी अर्यालले प्रतिनिधिसभाकाे अहिलेकाे बैठक कक्षमै १५ जेठ अपराह्न ४ बजे दुवै सभाकाे संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट पेस हुने भन्दै ३:४५ बजेभित्र उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

See More On

सुझावित समाचार