घुससहित पक्राउ परेका कास्कीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटका प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। 

क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरी केस मिलाइदिने भनी घुस लिएका थिए। पोखराबाट खटिएको अख्तियारको टोलीले क्षेत्रीलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको थियो।

सुझावित समाचार