कृषिजन्य वस्तु बोकेको सवारीसाधनमा शून्य करको व्यवस्था गर्न सांसद लामिछानेको माग

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

रास्वपाका सांसद अच्युतम लामिछानेले किसानले उत्पादन गरेका वस्तुलाई बजारसम्म ल्याउने सवारीसाधनमा शून्य करको व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामिछानेले सरकारले कृषकको उत्थानमा ध्यान दिन जरुरी रहेको बताए । त्यस्तै, उनले कृषकहरूका लागि सुविधाजनक स्थानमा ड्राइभिङ तालिमको व्यवस्था गर्न पनि माग गरे ।

उनले १५ वर्षदेखि अलपत्र पासाङल्हामु राजमार्गमा बजेट विनियोजन गरी सडक निर्माण कार्यलाई अगाडि बढाउन पनि सरकारसँग अनुरोध गरे । 

सुझावित समाचार