सरकारले सहकारीमा भएको बेतिथि जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेको हो।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सो निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सुशीला कार्की नेतृत्वको सरकारले पूर्वन्यायाधीश विनोद शर्माको अध्यक्षतामा यस्तो आयोग गठन गरेको थियो।