कर प्रणाली व्यवस्थित गर्न विज्ञको सुझाव

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

बजेटको पूर्वसन्ध्यामा दुई छुट्टा–छुट्टै तालिम प्रदान गरेको छ । बजेट तथा करको विषयमा करविज्ञ रूप खड्का र सम्पत्ति शुद्धीकरणको विषयमा वरिष्ठ पत्रकार श्रीधर खनालले तालिम दिएका हुन् ।

करविज्ञ रूप खड्काले सिद्धान्तबाहिर गई नेपालमा हजारौँ शीर्षकमा अन्तःशुल्क लगाउने परिपाटी रहेकाले सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित ‘बजेट तथा कर’ र ‘सम्पत्ति शुद्धीकरण’सम्बन्धी अन्तर्क्रियामा खड्काले नेपालमा ९६ प्रतिशत राजस्व मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, भन्सार महसुल, वस्तुगत करबाट संकलन भइरहेको बताए । उनले व्यक्तिगत आयकरको तल्लो र माथिल्लो सीमा परिवर्तन गर्दा छिमेकी देशहरूको दर हेरी सीमा निर्धारण गर्नुपर्ने बताए । सार्क देशको तुलनामा नेपालमा आयकरको दर बढी भएकाले आगामी बजेटमार्फत घटाउनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, भन्सारका दरको तह र संख्या घटाउन उपयुक्त हुने पनि उनको भनाइ छ । सीमित वस्तुबाहेक सबैमा मूल्य अभिवृद्धि कर लगाउन सकिने पनि उनले बताए । विश्वभर नै सबैभन्दा व्यवस्थित कर भ्याट रहेको उनको भनाइ छ ।

नेपालमा धेरै वस्तुमा सुरुमा भ्याट लगाए पनि अहिले स्वार्थअनुसार छुट दिने गरेको उनले बताए । 
भ्याट वस्तुअनुसार फरक–फरक नभई सबै वस्तुमा एउटै दर लगाउनुपर्ने उनको सुझाव छ । विश्वका एक सय ८० देशमध्ये चार–पाँचवटा देशले मात्रै बहुदर लागू गरेको उनले जानकारी दिए ।

त्यस्तै, सरकारले करको सुधारका लागि अनिवार्य बिल काट्ने प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । विश्वका धेरै देशमा स–साना कारोबारमा पनि डिजिटल मेसिनबाट बिजक जारी हुने गरेको उनले बताए ।

सुझावित समाचार