सामसङका होम अप्लायन्समा २३ प्रतिशतसम्म छुट, २४ महिना इएमआई सुविधा

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

सामसङ नेपालले ‘सामसङ सेभिङ डेज्’अफर घोषणा गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध छ।

यो अफरअन्तर्गत ग्राहकहरूले छानिएका वासिङ मेसिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट पाउन सक्छन्। साथै, २४ महिनासम्मको एक्सटेन्डेड इएमआई सुविधा पनि उपलब्ध छ। यसमा वासिङ मेसिनको मासिक किस्ता रु १,३७० देखि तथा रेफ्रिजरेटरको रु १,४०८ देखि सुरु हुन्छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्छन्।

यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि बनाइएको कम्पनीले जनाएको छ। यो क्याम्पेन मे २१ देखि जुलाई १९ सम्म लागु हुनेछ।

नयाँ सामसङ होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकले अर्को स्टोरमार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

सुझावित समाचार