नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेला धनगढीमा सुरु भएको छ। कांग्रेस प्रदेश समिति आयोजक रहेकाे यो भेलामा निवर्तमान सभापति शेरबहादुर देउवापक्षीय नेताहरू सहभागी छन् ।
पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित यो प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू भेलामा सहभागी छैनन् ।
प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा भइरहेको भेलामा प्रमुख अतिथि निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी सावदलाई बनाइएको छ।
भेलामा पूर्वमन्त्री रमेश लेखक, मोहनबहादुर बस्नेत, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, कुन्दन काफ्ले, ईश्वरी न्यौपाने, रामजनम चौधरी, अर्जुनजंगबहादुर सिंह, गोविन्दबहादुर शाह, रणबहादुर रावल, नैनसिंह महर, निर्प ओड, विद्या तिमिल्सिनालगायत अतिथि छन्।
ब्यानरमा निवर्तमान सभापति देउवाको तस्बिर राखिएको छ भने सभापति गगन थापाको तस्बिर छैन ।
भेलामा जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सांसदलगायत सहभागी छन् । संस्थापन पक्षका नेताहरूको सहभागिता छैन ।