उद्योगमन्त्री गौरीकुमारीले गरिन् आयल निगमको अमलेखगन्ज डिपो निरीक्षण

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्ज डिपो पुगेर पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी हुने संरचनाको निरीक्षण गरेकी छिन्। शनिबार दिउँसो १ बजे डिपो पुगेकी मन्त्री गौरीकुमारीले करिब अढाई घण्टा डिपो र पाइपलाइनमार्फत इन्धन ढुवानी हुने अटोमेसन प्रणालीको निरीक्षण गरेकी हुन् ।

अमलेखगन्ज डिपोमा कार्यरत निगमको इन्जिनियर अनुपम पराजुलीका अनुसार मन्त्री गौरीकुमारीले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणलाई चुस्त बनाउन निर्देशन दिएकी छिन। ‘मन्त्रीज्यूले उपभोक्ताको मन जित्ने गरी आपूर्ति सहज बनाउन निर्देशन दिनुभएको छ,’ उनले भनिन्।

निक्कै ठुलो क्षेत्रफलमा फैलिएकाले विद्युतीय रिक्सा चढेर मन्त्रीसहित निगमका कर्मचारीले डिपो निरीक्षण गरेका थिए। भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म विस्तार भएको ६९ किलोमिटर लामो पाइपलाइनमार्फत निगमले पेट्रोल, डिजेल र मट्टीतेल ढुवानी गर्दै आएको छ ।

पाइपलाइनमार्फत आयात भएको इन्धन भण्डारण र वितरण गर्न अमलेखगन्जमा अटोमेसन प्रविधिमा आधारित भण्डारण गृह, लोडिङ–अनलोडिङ सेड,प्रयोगशालालगायतका संरचना छन्।मन्त्री गौरीकुमारीले शनिबार बिहान हेटौँडा उपमहानगरपालिका–१४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्र र हेटौँडा कपडा उद्योगको पनि निरीक्षण गरेकी छिन् । 
 

सुझावित समाचार