- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको जेठ ९ गते शनिबारदेखि जेठ १५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विश्वास गरेकाले धोका दिनेछन् । कुरा काट्नेहरू बढ्नेछन् । गलत विचार बढ्नुको साथै धार्मिक कार्यमा अरुचि बढ्नेछ । भाग्य पनि कमजोर हुनेछ । सोचेका काम पूरा हुनेछैनन् । काम संयम भएर गर्नुपर्ला । शत्रुले काममा अवरोध सिर्जना गर्नुका साथै झुटा आरोपमा फसाउने प्रयास गर्नेछन् । सानो भुलको पनि परिणाम ठुलो हुन सक्छ गोपनीयता अपनाउनु नै राम्रो होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साता राम्रो छ । सुरुमा जोस र जाँगर बढ्नेछ । आँटेका काममा सजिलै सफलता हासिल गर्न सकिनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । दाम मनग्य कमाउने अवसर मिल्ने योग छ । घरेलु काममा सफलता मिल्नेछैन । भाग्य बलियो छ । धर्ममा रुचि बढ्ने र सामाजिक क्षेत्रमा सुधार आउने योग छ । शत्रु पराजय हुनेछन् । खर्च बढ्न सक्ने हुँदा सचेत रहनुपर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साताको सुरुमा अरूको काम गर्न बाध्य हुनुपर्ला । जस पाउने सम्भावना कमै रहनेछ । सोमबारदेखि पराक्रम बढ्नुका साथै काममा सफलता मिल्ने र यात्रा तथा व्यापारमा लाभ हुनुका साथै भेटघाटमा प्रसन्नता बढ्नेछ । संयम हुँदै प्रयत्न गर्दा तपाईंको लगनशीलता र इमानदारिताको तारिफ गर्नेहरू धेरै हुनेछन् । पढाइमा सफलता राम्रै मिल्नेछ । नयाँ काम पाउने सम्भावना प्रशस्तै देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्यमा संलग्न हुँदा ठुला व्यक्तिसँग मित्रता बढ्नुका साथै आम्दानी पनि बढ्नेछ । प्रसन्नता बढ्नेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने र नयाँ काममा सफलता मिल्ने योग छ । व्यापारमा सफलता मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । धन आर्जन पनि राम्रै हुनेछ । मित्र तथा परिवारबाट आलोचित हुनुपर्नेछ । अरूको समस्याले पीडित बनाउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धन मनग्य कमाउने अवसर मिल्नेछ । अरूको विश्वास आफूतिर बढाउन पनि सकिनेछ । महत्वपूर्ण जिम्मेवारी आफूमाथि आउनेछ । घरजग्गा जोड्ने समय छ । प्रयास गर्दा सफलता पाउनुहोला । पढाइमा रुचि बढ्नेछ । बौद्धिकता बढ्नेछ । धर्ममा रुचि बढ्नेछ । राज्यबाट सम्मान पाउने योग छ । अरूको मन जित्न सकिए पनि परिवारबाट भने सहयोग मिल्नेछैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समग्रमा समय राम्रो छ । सुरुमा धन मनग्य कमाउने अवसर मिल्नेछ । अरूबाट मानसम्मान पनि पाउनुहोला । पढाइमा सफलता पाउने योग छ । नाम कमाउने अवसर पनि मिल्नेछ । काममा सुधार आउनेछ । अरूको मन जित्न सकिनेछ । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । गोपनीयता अपनाउँदा सोचेका कुरा धेरै पूरा हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) यो साता तपाईंको ग्रहगोचर राम्रो छ । भेटघाटमा अरूबाट हुने प्रशंसाले खुसी हुने योग छ । कर्म बलियो भएकाले गरेका कामबाट प्रशस्त आम्दानी हुनेछ । आत्मविश्वास बढ्ने झएकाले ठुला व्यक्तिसित अन्तर्त्रिया हुने र उनीहरूबाट सम्मान पाउने योग छ । बुधबार र बिहीबार खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समग्रमा यो साता राम्रो छ । पढाइमा राम्रो सफलताका लागि अलि कसरत गर्नुपर्ला । व्यापारमा गरेका प्रयास फलदायी रहनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । सभा–सम्मेलनमा संलग्न भई अन्तर्क्रिया गर्ने अवसर पनि पाउनुहोला । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । राज्यले तपाईंको इमान्दारिताको राम्रो मूल्यांकन गर्नेछ । ठुला व्यक्तिसामु आफूलाई स्थापित गर्न सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धार्मिक र सामाजिक काममा संलग्न हुँदै आयमूलक कार्यका लागि अघि बढ्ने अवसर मिल्नेछ । भाग्यले साथ दिने योग छ । ठुला व्यक्तिबाट मानसम्मान पाउने, परिश्रमबाट काम बन्ने तथा देशको प्रतिनिधित्व गर्दै विदेश जाने अवसर मिल्ने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ । प्रशंसा गर्नेहरू प्रशस्तै हुनेछन् । पदक प्राप्त गर्ने प्रब्ल सम्भावना रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) व्यवसायबाट मनग्य आम्दानी वृद्धि हुने योग छ । यात्रामा हुने भेटघाटले अरूबाट मानसम्मान पाउने योग छ । पराक्रम बढ्नुका साथै गरेका काममा सफलता पनि मिल्नेछ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । ठुला व्यक्तिसित अन्तरसंवाद गरेर अघि बढ्ने प्रेरणा प्राप्त होला । पढाइमा सोचेभन्दा बढी सफलता मिल्नेछ । वैदेशिक कार्य सोचेभन्दा राम्रोसँग अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) समय राम्रो भए पनि सुरुमा परिश्रमको उपयोगले काम बनाउन सकिनेछ । पढाइमा राम्रो सफलता पाउने योग छ । बोलीको प्रभाव बढ्ने क्रम यथावत् रहनेछ । ठुला व्यक्तिसितको अन्तरसंवादले मनोबल बढाउनेछ । दाम मनग्य कमाउने अवसर मिल्नेछ । व्यापारमा लाभ मिल्ने योग छ । विश्वास गरेकाले नै धोका दिन सक्ने भएकाले सजग रहनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा गलत विचार बढ्नाले काम बिग्रनेछ । निर्णयको अभाव भएकाले महत्वपूर्ण काममा अघि नबढ्नु उचित हुनेछ । धैर्यता अपनाउनुभएमा बुधबार र बिहीबार व्यापारमा लाभ हुनुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले साथ दिने हुँदा मनोबल पनि बढ्नेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ । मानसम्मान पनि पाउनुहोला । पढाइमा सफलता मिल्नेछ । अरूको मन जित्न सकिनेछ ।