ब्याटरद्वय ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ मा शीर्ष स्थानको अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर नै खेलेको हो । आठ विकेट गुमाएको नेपालले ३१७ रन बनायो ।
नेपालको इनिङ्समा ईशान पाण्डेले लगातार दोस्रो अर्धशतक बनाए । पाँचौँ नम्बर ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीले पनि आक्रमक अर्धशतक बनाएका हुन् । ईशानले सर्वाधिक ८४ रन बनाए । उनले ८३ बलमै आठ चौका र एक छक्का हिर्काएका हुन् । तेस्रो नम्बर क्रिजमा आएका ईशानले यसअघि ६१ बलमा अर्धशतक बनाएका हुन् । ईशानले दोस्रो खेलमै लगातार अशतक बनाए । यसअघि अमेरिकाविरुद्ध नै ईशानले अर्धशतक बनाएका थिए । ईशान तीन खेलअघि मात्रै स्कटल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका हुन् ।
यस्तै, पाँचौँ नम्बर क्रिजमा आएका दीपेन्द्रले अर्धशतक बनाए । दीपेन्द्रले ३६ बलमा समान चार चौका र छक्कासहित ५९ रन बनाउँदा रनआउट भए । यसअघि दीपेन्द्रले मात्र २९ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाएका थिए ।
यसअघि ईशान र कप्तान रोहितकुमार पौडेलले शतकीय अर्धशतक बनाएका थिए । दुई खेलाडीबिच ११० रनको साझेदारी भएको थियो । रोहितले ४६ रनको योगदान गरे । ५९ बलमा दुई चौका र एक छक्का हिर्काएका रोहितलाई मिलिन्द कुमारले एलबिडब्लू धरापमा पारेका थिए ।
यसअघि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ६९ रनको साझेदारी गरेका थिए । आसिफले ४३ तथा कुशलले २९ रन बनाएका हुन् । यस्तै, गुल्सन झाले १२ बलमा १५ रन जोडे । आरिफ शेख १७ तथा नन्दन यादव एक रनमा अविजित रहे । सोमपाल कामी मात्र पाँच रन बनाएर आउट भएका हुन् ।
अमेरिकाका लगि सुभम रन्जनेले सर्वाधिक तीन विकेट लिएका थिए । रुसिल उगारकर र मिलिन्द कुमारले समान एक विकेट हात पारे । लिग तालिकामा २७ खेलबाट ३८ अंकसहित अमेरिका शीर्ष स्थानमा छ । नेपाल समान खेलबाट २२ अंकसहित पाँचौँ स्थानमा छ । नेपालले लिग २ को शृंखलामा यो अन्तिम घरेलु खेल खेल्दै छ ।