चक्रपथको नारायणगोपाल चोक-चप्पल कारखाना सडक चिटिक्क देखिएको छ।
चीन सरकारले चक्रपथ विस्तारको दोस्रो खण्ड कलंकी–वसुन्धारा मात्र बनाउने भएपछि बिचको यो सात सय मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा आकर्षक ढंगले निर्माण सम्पन्न गरेको हो ।
कालोपत्रे, व्यवस्थित लेन र जेब्रा क्रसिङले यो खण्ड अहिले निकै सुन्दर र व्यवस्थित देखिएको छ।




