दुई हजार ३१९ फरार प्रतिवादी पक्राउ

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जसमध्ये केन्द्रीय अनुसन्धान ब्युरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६ जना, कोशी प्रदेशबाट ३२६ जना, मधेश प्रदेशबाट ७३० जना, बागमती प्रदेशबाट १९९ जना, गण्डकी प्रदेशबाट २०४ जना, लुम्बिनी प्रदेशबाट ३३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन्। उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ।

साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना असुल उपर गरिएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आमनागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिप्रेक्ष्यमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।

कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरी कार्य गर्दै आइरहेको छ ।

See More On

सुझावित समाचार