भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको शुक्रबार बिदाइ गरिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २५ मेदेखि भारतको गोवामा हुने च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ गरेका हुन् ।
साफमा नेपाल समूह ‘ए’मा छ । यस समूहमा श्रीलंका र भुटान छन् । नेपाल ६ संस्करणको उपविजेता हो । नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेको छ ।
समूह ‘बी’मा पाँचपटकको विजेता भारत र दुईपटकको च्याम्पियन बंगलादेशसहित माल्दिभ्स छन् । नेपाली टोलीले एक महिनादेखि सातदोबाटोस्थित एन्फा कम्लेक्समा साफको तयारी गरेको थियो ।