सभामुखलाई हर्कको प्रश्न– प्रधानमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ?

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा प्लेकार्डसहित विरोध जनाएका राईले आकस्मिक समयमा बोल्दै संसद्को गरिमा जोगाइराख्ने  कर्तव्य प्रधानमन्त्रीको हो कि होइन ? भनेर प्रश्न गरे ।

‘जनताबाट निर्वाचित जनप्रतिनिधि सदनप्रति जवाफदेही हुनुहुन्न भने उहाँ कोप्रति जवाफदेही हुनुहुन्छ ? सभामुखमार्फत ध्यानार्षण गराउन चाहान्छु,’ उनले भने।

गृह मन्त्रालय, रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर प्रधानमन्त्रीले नै आएर दिनुपर्ने माग गरे। शान्तिसुरक्षा, सुकुमवासी, सीमा, लिपुलेकसँग सम्बन्धित सांसदले सोधेका प्रश्न गम्भीर भएकाले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।

उनले प्रतिनिधिसभाको नियमावली १५ को उपनियम २ सम्झाउँदै सांसदले सोधेको प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने प्रावधान छ, तर १० दिन बितिसक्दा पनि प्रधानमन्त्री जवाफदेही नहुनु गम्भीर विषय भएको बताए । 
 

सुझावित समाचार