ललित राजवंशी आइसिसीको ओडिआई बलिङ वरीयतामा १६ स्थान उक्लिएका छन्। आइसिसीले मंगलबार अद्यावधिक गरेको सूचीमा ललित ५३औँ स्थानमा छन्।
यसैगरी, सन्दीप लामिछानेले ६ स्थान सुधार गरेर ३६औँ नम्बरमा स्थान बनाएका छन्। तीन स्थान सुधार गरेका दीपेन्द्रसिंह ऐरी ७९औँ स्थानमा रहँदा आठ स्थान तल झरेका करण केसी ९६औँ नम्बरमा छन्।