केन्द्रीय चलचित्र जाँचपास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी सेन्सर पास भएको यस चलचित्रले बुधबार बिहानसम्म देशभरका ११ वटा हलमा २८ साे प्राप्त गर्दै आक्रामक सुरुवात गरेको हो।
जिएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्तीमगरद्वारा निर्मित तथा अनिल बुढामगर निर्देशित यस चलचित्रले हलहरूमा सुखद सो पाएको छ। एफक्युब चाबहिल, आइएनआईका बुटवल, नयाँ बानेश्वर, सिमरा, लोत्से मल र विश्वज्योतिसहित दाङ, बनेपा र कपिलवस्तुका सिनेमा हलहरूले बुकिङ खुलाइसकेका छन्। आफ्नो अघिल्लो चलचित्र ‘घरज्वाइँ’को सेन्सरताका झन्झट व्यहोर्नुपरेको स्मरण गर्दै निर्देशक बुढामगरले यसपटक सहजै युनिभर्सल सर्टिफिकेट पाउँदा सम्पूर्ण निर्माण टिम हर्षित भएको बताएका छन्।
ग्रामीण परिवेशको सामाजिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य अभिनय रहेको छ भने चर्चित डान्सर तेरिया फौज मगरले यसै चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छिन्। चलचित्रमा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापालगायतका कलाकारहरूको समेत सशक्त अभिनय छ।
शिशिर बिसंखेको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको ‘मितज्यू’मा श्रीकृष्ण बम मल्लको संगीत तथा मेलिना राई र लक्ष्मी मल्लको स्वर रहेको छ। हाल चलचित्रमा समावेश ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ बोलका गीतहरू टिकटक र युट्युबमा निकै चर्चामा छन्। आरआर फिल्म्सले वितरणको जिम्मा लिएको यस चलचित्रको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ।
‘मितज्यू’लाई युनिभर्सल सर्टिफिकेट, देशभर अग्रिम टिकट बिक्री सुरु
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
४ हप्ता अघि
छाउँदै देउडा गायिका लक्ष्मी
२ हप्ता अघि
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
२ हप्ता अघि
सुझावित समाचार
छाउँदै देउडा गायिका लक्ष्मी
सुदूर कर्णालीको देउडा गीत गाएर छोटो समयमै चर्चामा आउन सफल गायिका हुन् लक्ष्मी बजुरेली देउडा गायिका लक्ष्मी बजुरेल…
भुइँतहबाट उदाएका लोकप्रिय संगीतकार
तिमीले थुनेको नर्कलाई तोडेर यहाँ आइपुगेँ, हजारौँ वर्ष हिँडेर तिमीलाई सोध्न आइपुगेँ ए मन भएको मान्छे, मनलाई सञ्चै छ …
टाइगर श्रफ गोलीकाण्ड : आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकल बरामद
मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्र…
टाइगर श्रफमाथि लरेन्स समूहले गोली हानेको आशंका
काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार भएको छ। मुम्बईमा घरनजिकै गोली प्रहार भएको हो। गोली उनका चालकलाई ला…
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…