विद्यालय हाताभित्रबाट ट्याकसुट र टिसर्ट बिक्री-वितरण सरोकारवाला निकाय मौन

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिकामा रहेको सामुदायिक विद्यालयले विद्यालय हाताबाट ट्याकसुट र टिसर्ट  बेचेको पाइएको छ । मधुवन  नगरपालिका, ३ धनौरामा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयले विद्यालय हाताबाट ट्याकसुट  र टिसर्ट बेचेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीप्रसाद चौधरीले विद्यालयबाट बजार टाढा भएको हुँदा विद्यार्थीको सहजताको लागि विद्यालयबाट नै नाफा नखाने गरि  टिसर्ट र ट्याकसुट  बिक्रि गरिएको बताए । उनले भने,  केही समय अगाडी वडा कार्यालयले कक्षा १ देखि ५ का विद्यार्थीको लागी  पोशाक वितरण गरेपछि  विद्यालयको विद्यार्थी लगाउने पोशाकमा  एकरुपता ल्याउन पनि विद्यालयले  ट्याकसुट र टिसर्ट बिक्री वितरण गरेको हो । यसको लागि मौखिक सहमति भए पनि  लिखित सहमति भएको छैन्।"

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर खत्रीले विद्यार्थीको लागि व्यवस्था गरिएको पोशाक खरिद गर्नका लागि बजार टाढा भएको हुँदा विद्यालयका लेखापाललाई पोशाक बिक्रीवितरण जिम्मा दिएको बताए । उनले भने, विद्यालयबाट बेचिएको पोशाकको मूल्य साइज अनुसार फरक फरक रहेको छ । विद्यालयले विद्यार्थीको सहजताको लागि मात्र यस्तो गरेको हो ।"

मधुवन नगरपालिकाका शिक्षा शाखा प्रमुख  वरिष्ठ शिक्षा अधिकृत नारायण  प्रसाद खनालले विद्यालयले विद्यालय हाताभित्रबाट  ट्याकसुट टिसर्ट  बेचेको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले भने , विद्यालय हाताभित्रबाट कुनै पनि पोशाक शैक्षिक सामाग्री बिक्रीवितरण गर्न पाइदैन । विद्यालयले ट्याकसुट र टिसर्ट बेचेको  वा नबेचेको बारेमा अनुगमन गरेपछि मात्र थाहा हुने हुन्छ ।

विद्यालयको काम पठनपाठन गुणस्तर बढाउने र  विद्यार्थीको लागि उपयुुक्त शैक्षिक वातावरण तयार गर्ने हो । तर पछिल्लो समय विद्यालय आफैले व्यापार गरेर नाफामुखी संस्था बन्दै गएका  छन् । भने  सरोकारवाला निकाय चुपचाप बसेको छन् । कानुनले  विद्यालय हाताभित्र व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ ।

सुझावित समाचार