दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप

फाइल तस्बिर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि प्रहरीले अदालतबाट तीन दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ। पर्सा प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा जिल्ला अदालतबाट तीन दिनको म्याद ल्याएर अनुसन्धान अगाडि बढाएको हो।

प्रसाईंले सामाजिक सन्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

सोमबार अपराह्न सिमरा विमानस्थल हुँदै वीरगन्ज पुगेका प्रसाईंलाई राति ८ः३० मा सद्धार्थ दियालो लर्डस् होटेलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रसाईंको आज बिहान गहवामाई दर्शनको कार्यक्रम तय भएको थियो। त्यसपछि वीरगन्ज मेनरोड बिस्तारको निम्ति तोडफोड भएको घरका धनी र पीडितहरूसँग भेटघाटको समय तोकिएको थियो।

सुझावित समाचार