सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीश पदमा न्यायाधीश डा. मनाेजकुमार शर्मा सर्वसम्मत अनुमाेदित भएका छन् ।
संसदीय सुनुवाइ समितिले मंगलबार सुनुवाइ गर्दै शर्मालाई भावी प्रधानन्यायाधीशमा अनुमाेदन गरेकाे सभापति बाेधनारायण श्रेष्ठले जानकारी दिए । सुनुवाइ समितिबाट अनुमाेदन भएसँगै शर्मालाई अब राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गर्नेछन् । शर्माकाे शपथ पनि आजै राष्ट्रपति निवास शीतलनिवासमा हुने तयारी छ ।