प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमानको प्रश्न– अदालतलाई विकासमैत्री कसरी बनाउनुहुन्छ ?

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण
प्रस्तावित प्रधानन्यायाधीशलाई वर्षमानको प्रश्न– अदालतलाई विकासमैत्री कसरी बनाउनुहुन्छ ?

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन अनन्तले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासँग अदालतलाई कसरी विकासमैत्री बनाउने भनी प्रश्न गरेका छन्।

मंगलबार शर्माको संसदीय सुनुवाइका क्रममा पुनले अदालत विकासमैत्री नहुँदा सरकार आलोचित हुने गरेको भन्दै यस्तो प्रश्न गरेका हुन्।

‘डेभलपमेन्ट फ्रेन्ड्ली न्यायालय कसरी बनाउने ? कलंकीदेखि नागढुंगासम्म सडक विस्तारमा एकपटक १० ठाउँमा स्टे अर्डर रहेछ। बाहिर फलानो मन्त्री, फलानो प्रधानमन्त्री, सरकारले गरेको भनेर अपजस भइराख्छ,’ उनले भने।  
 

सुझावित समाचार