प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आजै हुने भएको छ ।
संवैधानिक परिषद्को कार्यालयले पत्र काटेर डा शर्मालाई आज दिउँसो साढे १ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
आज बिहान संसदीय सुनुवाइ समितिको बैठक बसेको थियो । बैठकमा डा. शर्माउपर परेका उजुरी अध्ययन गर्न दिइएको थियो । विपक्षी दलहरूले सुनुवाइका लागि हतार नगर्न माग गरेका थिए भने सत्ताले आजै गर्नुपर्ने अडान राखेको थियो ।
2026-05-19-11-38-25.jpeg)