प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथिको संसदीय सुनुवाइ आजै गर्नुपर्नेमा सत्तापक्षीय सांसदहरूले जोड दिएका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सत्तापक्षीय सांसद कवीन्द्र बुर्लाकोटी, राजीव खत्री, मधु चौलागाईं र लेखजंग थापाले जसरी पनि आजै शर्मामाथिको सुनुवाइ हुनुपर्नेमा जोड दिएका हुन् ।
आफूहरूले उजुरी पढिरहेको र उजुरी पढ्न र कार्ययोजना सुन्नकै लागि सुनुवाइ पछि सार्न नहुने उनीहरूको तर्क छ । सुनुवाइ समितिमा पक्ष र प्रतिपक्ष नभएकाले आजै सुनुवाइ हुनुपर्नेमा रास्वपा सांसदहरूले अडान राखेका छन् ।
समितिका सभापति बोधनारायण श्रेष्ठले उजुरी सुनेपछि प्रस्तावित प्रधानन्यायाधीशलाई प्रश्न गर्न सकिने बताउँदै रिजेक्ट वा अनुमोदन जे पनि हुन नसक्ने बताए ।