नेपाल प्रहरीमा भर्ती गराइदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका– १, गुराँसे बस्ने ३० वर्षीय लक्ष्मण विक रहेका छन्। विकले प्रहरीको विभिन्न परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै रकम ठगी गरेको जनाइएको छ ।
प्रहरीले विकलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ ।