प्रेरक प्रसंग : सन्त कविर, लोटा र गंगाजल

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

काशीका एकजना ब्राह्मण बडो कर्मकाण्डी थिए । कर्मकाण्डका विधिविधानमाथि उनको ठुलो विश्वास थियो । बिहानको समयमा पूजापाठ नगरी उनी कहिल्यै अन्न ग्रहण गर्दैनथे । यो क्रम निरन्तर चलिरहेकै थियो । बिस्तारै उनी वृद्धावस्थामा प्रवेश गरे । उनी निकै रोगी भए । रोगले थलिएपछि उनी क्रमशः अन्त्यनजिक पुगे । आफ्नो जीवनको अन्त्यनजिक आइपुगेको अनुभव भएपछि उनले सोचे, ‘मर्नुअगाडि एक घुट्को गंगाजल त पिउनैपर्यो, यसले मैले जानी–नजानी गरेका सबै पाप पखालिनेछन् । साथै मोक्ष पनि प्राप्त हुनेछ र मेरो सिधै स्वर्गमा प्रवेश हुनेछ ।’

त्यसै क्रममा अचानक सन्त कविरदास घुम्दैघुम्दै ती ब्राह्मणको घरमा पुगे । ब्राह्मणको हालचाल सोधेर उनले उनको सेवा गर्ने इच्छा प्रकट गरे । कविरदासको सदीक्षाबाट ब्राह्मण द्रविभूत भए । उनले भने, ‘प्यारो छोरा, मलाई कसैको सेवाको आवश्यकता छैन । म अब धेरै बा“च्दा पनि बा“च्दिन“ । वश, तिमीले मलाई एक लोटा गंगाजल ल्याइदेऊ । म मर्नुअगाडि गंगाजल ग्रहण गरेर पापमुक्त हुन चाहन्छु ।’

कविरदास गएर आफ्नो लोटामा गंगाजल लिएर आए । यो देखेपछि ब्राह्मणले भने, ‘तिमीलाई आफ्नो लोटामा गंगाजल ल्याउन कसले भन्यो ? जुलाहाको लोटाले गंगाजल ग्रहण गरेर म पापमुक्त हुन सक्दिन“ । उल्टो आफ्नो छ“दाखा“दाको धर्म पनि भ्रष्ट हुनेछ ।’

कविरदासले शान्त स्वरमा भने, ‘पण्डितजी, जब गंगाजलले एउटा जुलाहाको लोटालाई पवित्र बनाउन सक्दैन भने त्यो गंगाजलबाट तपाईं आफूचाहि“ कसरी पापमुक्त हुन सक्नुहोला ?’

ब्राह्मणले सन्त कविरको यस प्रश्नको जवाफ दिन सकेनन् । उनी एक टक लगाएर उनको मुख हेर्न थाले । उनको आ“खाबाट आसु बग्न थाल्यो ।

सुझावित समाचार