एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैन (५०) ले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर) सफलतापूर्वक आरोहण गरेका छन् । उनी ११ वैशाखमा मेरा पिक शिखरमा पुगेका हुन् ।
एभरेस्ट क्षेत्रको महालंगुर हिमशृंखलामा पर्ने मेरा पिक विश्वका चर्चित ट्रेकिङ शिखरमध्ये एक मानिन्छ । जैनले यो आरोहण अनुभवी पर्वतीय मार्गदर्शक तथा ‘लामा वाक्स’का राजेश लामाको नेतृत्वमा सम्पन्न गरेका हुन् ।
यो अभियान केवल व्यक्तिगत उपलब्धिमा सीमित नभई नेपालको पर्यटन क्षेत्रका लागि पनि सकारात्मक संकेतका रूपमा हेरिएको उनको भनाइ छ । यो यात्राले नेपाललाई विश्वकै उत्कृष्ट ट्रेकिङ तथा पर्वतारोहण गन्तव्य बनाइरहेको सन्देश पुनः उजागर गरेको बताइएको छ ।