मोरङमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा पाँचजना घाइते भएका छन्। रंगेली नगरपालिका- ९ को धनजुवा चोकस्थित प्र.१–०१ –०१८ प २५४ नम्बरको मोटरसाइकल र को २७ प ६४७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो।
दुर्घटनामा घाइते पाँचैजनाको रंगेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।