आइसिसी विश्वकप लिग–२ मा नेपालले बलिङमा उत्कृष्ट कमब्याक गर्दै अमेरिकालाई १९५ रनमा अलआउट गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलियो सुरुवात गरेको अमेरिका ४३.३ ओभरमै अलआउट हुन पुग्यो। १२२ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा बलियो अवस्थामा थियो।
त्यसपछि अमेरिकाले लगातार विकेट गुमायो। पछिल्लो २५ रनमा उसले ५ विकेट गुमायो।
अमेरिकाको ब्याटिङ धराशायी हुनुमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे।




