नक्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका– ७, काफलीका नरेन्द्रसिंह रतोकी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको नेतृत्वमा खटिएको टोलीले शुक्रबार बिहान ४ः३० बजे रतोकीलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।

रतोकी गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका वेला नक्खु कारागारबाट फरार भएका थिए। उनलाई जबर्जस्ती करणी तथा डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको थियो।

सुझावित समाचार